नेपाल सुपर लिगमा विराटनगर सिटी शीर्ष स्थानमा

Spread the love

काठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो । त्यसपछि ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपंत्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।
जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्र्दै शीर्षता कायम गरेको हो । उता अंक गुमाएको चितवनले चार खेलबाट मात्र २ अंक जोडेको छ । दुई खेलमा बराबरी र दुई खेलमा अंक गुमाएको चितवनले जारी लिगमा जित विहिन छ ।

यस्तै ललितपुर सिटी पनि जारी लिगमा जितविहीन टोली हो । प्रतियोगितामा मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौं रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट ५ अंक जोडेको छ भने काठमाडौं रेजर्सको समान तीन खेलबाट ४ अंक छ । मंगलबार हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

२०७८ बैशाख २०, सोमबार २२:२२
Spread the loveकाठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्याइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा […]