महामारी नियन्त्रणको सम्पूर्ण जिम्मेवारी सेनालाई दिनुपर्छ

Spread the love

केशवप्रसाद भट्टराई ।
मुलुकमा स्वास्थ्य सङ्कटकाल लगाऊ, कोरोना महामारी विरूद्ध सेना परिचालन गर र कोरोना महामारी पूर्ण नियन्त्रणमा नआउन्जेल कम्तीमा अर्को दुई वर्षको लागि वर्तमान सेना प्रमुखलाई यथावत राख !
१. एकातिर मूल्यहीन राजनीतिक अराजकता माझ संविधानका प्राणहीन धाराहरू समातेर अदालत सहित केन्द्र र प्रान्तमा चलिरहने विश्वास र अविश्वासको खेलमा––
सरकारले निर्धक्क भएर कोरोना महामारीमा आक्रान्त जनतालाई त्राण दिने र सहयोग पुर्याउने वातावरण निर्माण गर्न सक्दैन ।
स्वाभाविकरूपमा यो स्थितिमा सरकारले आफ्नो क्षमता र प्रतिवद्धताको जतिसुकै र जे जस्तो दावी गरिरहे पनि ऊ (सरकार) एकाग्र भएर कोरोना विरूद्ध लड्ने क्षमता राख्दैन ।
कुनै पनि स्तरको क्षमता भएकाको हकमा पनि त्यो सम्भव हुन्न !
उसले दलहरूसँग र आफ्नै दल भित्र लड़ोस् कि कोरोना विरूद्ध !
संसद भित्र र बाहिर राजनीतिक दलहरूवीचको विवाद र मूठभेडले जुनसुकै अवस्था पनि आउन सक्ने अवस्थाबारे धेरै भनिरहनु परोइन ।

२. त्यस अवस्थामा कोरोनाले नेपाली जनतालाई कुन अवस्थामा पुर्याउला त्यो पनि भनिरहनु पर्दैन –
वर्तमान अवस्थाले त्यसको पर्याप्त झलक दिइसकेको छ ।
त्यसकारण कोरोना महामारी विरूद्ध नेपाली जनताको रक्षाको दायित्व सेनालाई दिनु उचित देखिन्छ ।
कोरोना विरूद्ध देशको स्वास्थ्य संरचना र राज्य क्षमता ध्वस्त हुने अवस्थाबाट मुलुक हाहाकारको स्थितिमा पुग्नु भनेको राष्ट्रिय सुरक्षामाथिकै गम्भीर चुनौतीको अवस्था हो ।

३. यस अवस्थामा सरकारले मुलुकमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेर,
मुलुकका सवै सरकारी, सशस्त्र प्रहरी र प्रहरीहरूका समेत गरेर निजी क्षेत्रका स्वास्थ्य संरचनाहरू सेनाको मातहतमा दिएर ,
पर्याप्त बजेट उपलव्ध गराएर कोरोना विरूद्धको लडाई सम्बन्धी सम्पूर्ण जिम्मेवारी सेनालाई प्रदान गरिनु पर्दछ ।

४. नेपाल र विश्वबाट कोरोना कहर पूर्णरूपले अन्त्य नहोउञ्जेल कम्तीमा आगामी दुई वर्ष सम्मकालागि यो दायित्व सेनाकै रहनु पर्दछ र
वीचमा सेना प्रमुखको जिम्मेवारी हेरफेर हुँदा कोरोना महामारी विरूद्धका राष्ट्रिय रणनीति र कार्यक्रममा पर्न सक्ने असरलाई दृष्टिगत गरी र सो अवधिसम्मकालागि नेपाली सेनाका वर्तमान प्रधानसेनापतिको कार्यकाल थप गरिनु पर्दछ ।

५. कोरोना विरूद्धको युद्धमा अन्य प्रहरी र निजामती सेवाका कुनै पनि व्यक्तिलाई काममा लगाउन र काजमा खटाउन सक्ने अधिकार समेत सेनालाई प्रदान गरिनु उपयुक्त देखिन्छ ।
कोरोना सम्बन्धी सम्पूर्ण कार्यभार नेपाली सेनाको हुने भए पछि मुलुकका सम्पूर्ण स्वास्थ्य संरचना र तिनमा कार्यरत सरकारी र निजी क्षेत्रका प्राविधिक र गैर प्राविधिक राष्ट्र सेवक कर्मचारीहरू नेपाली सेनाका तोकिएका अधिकारीप्रति उत्तरदायी हुने,
र नेपाली सेनाका प्रधान सेनापति प्रधानमन्त्रीप्रति उत्तरदायी हुने र प्रधानमन्त्रीमार्फत राष्ट्रपति र संसदप्रति उत्तरदायी हुने व्यवस्था उपयुक्त देखिन्छ ।

सेनाले संसारको कुनै पनि मुलुकमा कुनै पनि संरचनासँग सम्बन्ध राखेर कोरोना महामारी विरुद्धका खोप, औषधि, स्वास्थ्य उपकरण र सामग्री ल्याउन पाउने सम्पूर्ण अधिकार सहित,
विद्यमान व्यवस्थामा कुनै स्थापित अभ्यास नीति, नियम, संविधानले माथिको व्यवस्था गर्न नदिने भएमा तिनमा संसोधन गरेर पनि आवश्यक सवै आदेश, अध्यादेश, निर्देशन र पूर्जी जारी गरेर सो व्यवस्था गर्नु वान्छनीय देखिन्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल सुपर लिगमा विराटनगर सिटी शीर्ष स्थानमा

२०७८ बैशाख २०, सोमबार २१:४५
Spread the loveकाठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले […]