विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको फराह प्रान्तमा २० सैनिकको मृत्यु

Spread the love

पश्चिमी फराह प्रान्तको बालाब्लोक क्षेत्रमा सोमबार सैन्य चौकीमा अफगानी विद्रोही समूहले आक्रमण गर्दा २० सैनिकको मृत्यु भएको छ ।

घटनाको प्रान्तीय परिषद्का उपप्रमुख खैर मोहम्मद नोर्जाइले पुष्टि गरेका छन् । यद्यपि घटनामा भएको मृत्यु र घाइतेबारे फरक फरक भनाइहरू सार्वजनिक भएका छन् ।

तालिबान लडाकूले सुरुङ्गको प्रयोग गरी बालाब्लोक जिल्लाको सैन्य चौकीमा सोमबार बिहानको समयमा विस्फोट गराएका नोर्जाइलाई उदृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

विस्फोटपछि सैनिक र विद्रोहीबीच दोहोरो झडप भएको र कैयौँ घाइते भएका एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै नोर्जाइले उक्त घटनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढ्नसक्ने जानकारी दिए ।

यसै बीच, फराह प्रान्तका गभर्नर ताज मोहम्मद जाहेदले घटनाको पुष्टि गर्दै भने, “घटना बालाब्लोक जिल्लाको शिवान इलाकामा भएको र सोमबार बिहान सैन्य चौकीमा विस्फोट गराएपछि कम्तीमा छ सैनिकको मृत्यु भएको एक सैनिक सम्पर्कबिहीन रहेका छन् । ”

जाहेदका अनुसार घटनामा आक्रमणकारी तालिवान समूहका कम्तीमा १० लडाकू मारिएका र कैयौँ घाइते भएका छन् । तर फराह प्रान्तीय परिषद्का पूर्व सदस्य मसूद बख्तावारले सेनाको शिविरमा रहेका सबै ३० सैनिक मारिएको बताए । फराह प्रान्तका प्रहरी वा सेनाका अधिकारीहरूले घटनाबारे अझै कुनै टिप्पणी गरिसकेका छैनन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

२०७८ बैशाख २०, सोमबार १९:४८
Spread the loveरसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रसियाले घोषणा गरेको छ । यहाँबाट उत्पादित खोप दक्षिण […]

समाचार छुट्याे की?