श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

Spread the love

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्याइने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार नौ हजार ३८५ आधारभूत पारिश्रमिक र पाँच हजार ५१६ रुपैयाँ महँगी भत्ता गरी मासिक १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो ।

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३६१ रुपैयाँ र दैनिक महँगी भत्ता २१६ रुपैयाँ गरी दैनिक ५७७ रुपैयाँ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ रुपैयाँ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुईदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डाले गरे सम्बन्धविच्छेद

२०७८ बैशाख २०, सोमबार २२:३७
Spread the loveमाइक्रोसफ्टका संस्थापक विल गेट्स र पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले २७ वर्षको वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । विल र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्। विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधै चर्चामा […]