इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने

Spread the love

इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली बायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ ।

दुबै मुलुकले राफेल बिमान खरिद सम्झौता भएको मङ्गलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल बिमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।

इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू बिमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल बिमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन ।

इजिप्टले राफेल बिमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी बिमान फ्रान्सेली बायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो । हाल यी बिमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुन थालेका छन् ।

फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने मन्त्रालयको भनाई छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल सुपर लिगमा काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बिनी एफसी पराजित

२०७८ बैशाख २१, मंगलवार २२:४५
Spread the loveकाठमाडौं । नेपाल सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गर्नुभएको हो […]