काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थपियो

Spread the love

काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञा जारी गरेका थिए । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ पनि खोल्न दिइएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिप दुर्घटना हुँदा बैतडीमा चार जनाको मृत्यु

२०७८ बैशाख २१, मंगलवार १६:३७
Spread the loveबैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति चट्याङ लागेर मृत्यु […]