जिप दुर्घटना हुँदा बैतडीमा चार जनाको मृत्यु

Spread the love

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जिप सडकबाट करिव पाँच सय मिटर तल खसेको छ। भट्टका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिद्वारा विभिन्न सात वटा अध्यादेश जारी

२०७८ बैशाख २१, मंगलवार १६:४८
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार विभिन्न सात वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो […]