थप ७५८७ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ७५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७५८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१००५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७७५ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८७७९० पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । क्वारेन्टाइनमा २५३ जना छन् भने आइसोलेसनमा ५९७९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०७८ बैशाख २१, मंगलवार १७:२४
Spread the loveकाठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको […]