नेपाल सुपर लिगमा काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बिनी एफसी पराजित

Spread the love

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गर्नुभएको हो । उहाँले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् । खेलको शुरुवातदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।

यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।

यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो ।

मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन । जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु

२०७८ बैशाख २१, मंगलवार २२:५२
Spread the loveविश्वमा कोरोना संक्रमणका कारण एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ३२ लाख ४१ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ७४ हजार ९ सय भन्दाबढी संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ करोड ४९ लाख […]