न्याय परिषद् सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

Spread the love

काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् सदस्य भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा २० को मृत्यु, ७० घाइते

२०७८ बैशाख २१, मंगलवार १४:४६
Spread the loveमेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको […]

समाचार छुट्याे की?