बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

Spread the love

बाँके । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थपियो

२०७८ बैशाख २१, मंगलवार १५:३७
Spread the loveकाठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञा जारी गरेका थिए । अब खाद्यान्न […]