राष्ट्रपतिद्वारा विभिन्न सात वटा अध्यादेश जारी

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार विभिन्न सात वटा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडका कारण इन्डियन प्रिमियर लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित

२०७८ बैशाख २१, मंगलवार १७:०७
Spread the loveकोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले मंगलबार विज्ञप्ति जारी गरी स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ । […]