विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डाले गरे सम्बन्धविच्छेद

Spread the love

माइक्रोसफ्टका संस्थापक विल गेट्स र पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले २७ वर्षको वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । विल र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधै चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ। ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’ अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने बताएका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम्म विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ । विश्वकै धनि व्यक्ति मध्येका एक ६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको भेट माइक्रोसफ्ट मै भएको थियो।

जसमा बिल प्रमुख कार्यकारी अधिकृत थिए भने मिलिन्डाले माइक्रोसफ्टमै प्रोडक्ट म्यानेजरको रुपमा कम शुरू गरेकी थिइन् । दुवैले सन १९९४ मा विवाह गरेका थिए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्टीलका घर : भूकम्पपछि बनिरहेका नयाँ धराप

२०७८ बैशाख २१, मंगलवार ०८:०४
Spread the love कंक्रिटका आरसीसी भवनभन्दा बलियो हुने र छिटोछरितो पनि बन्ने भन्दै २०७२ को भूकम्पपछि आवासीय भवनदेखि धेरैतिर स्टीलका भवन बनाउन थालियो । मापदण्ड पालना नगरी जथाभावी निर्माण भइरहेका ती भवन नयाँ धराप बनिरहेका छन्, कसरी ? रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र   २०७२ सालको भूकम्पले निम्त्याएको विनाश आम नेपालीको […]