
काठमाडौं । नेकपा एमालेका नेता प्रकाश ज्वालाले केन्द्रदेखि स्थानीय स्तरसम्म समस्याहरु बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न आफूहरुले फ्लोर क्रस गरेको प्रष्टिकरण दिएका छन् ।
अपील जारी गर्दै ज्वालाले पार्टीमा आवश्यक छलफल तथा सल्लाह नभएको गुनासो गर्दै आवश्यक वातावरण बनाउन पनि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । केही अराजक व्यक्तिहरुबाट आफूलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउने दुष्प्रयास भएको भन्दै तिनीरुलाई कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले अपीलमा भनेका छन्,‘जतिबेला विद्यार्थी कालमा कम्युनिष्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुटा मुद्दा लगाएर जेल हाल्यो । बहुदल कालमा काँग्रेसले सांघातिक आक्रमणको कारवाही ग¥यो तर पनि हातबाट एमालेको झण्डा र मनबाट मार्क्सवाद÷लेनिनवादको बिचार झुकेन । माओवादी जनयुद्धकालमा दर्जनौं कारवाहीका निर्णयहरु सुनाइए तर पनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन ।’ वैशाख तीन गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण ज्वालालाई नेकपा एमालेको केपी ओली पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।