कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु

Spread the love

विश्वमा कोरोना संक्रमणका कारण एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ३२ लाख ४१ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ७४ हजार ९ सय भन्दाबढी संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ करोड ४९ लाख ७३ हजार ४८ पुगेको छ । त्यस्तै, हालसम्म १३ करोड २४ लाख २७ हजार २८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमितमध्ये १ करोड ९३ लाख ४ हजार भन्दाबढी सक्रिय संक्रिमत रहेका छन् भने १ लाख ११ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ९२ हजार ४०९ जनाको मृत्यु भएको छ भने ३ करोड ३२ लाख ७४ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४२ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ८४८ जनाको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६ सय भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार २५ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको सङ्ख्या ४ लाख ११ हजार ८ सय भन्दा धेरै भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४१७ जनाको मृत्यु भएको छ भने ५९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ३ लाख ५१ हजार भन्दा बढीमा संक्रमण भइसकेको छ । संक्रमितमध्ये २ लाख ८७ हजार ७९० भन्दा बढी निको भइसकेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा बालबालिका र वयस्कलाई कोभिड खोप विस्तार गर्ने बाइडनको लक्ष्य

२०७८ बैशाख २२, बुधबार ०८:३७
Spread the loveअमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई चारको स्वतन्त्रता दिवस अघि कम्तीमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले कोभिड–१९ विरुद्धको पहिलो खोप लिइसकेको आफूले हेर्न चाहेको बताएका छन् । अमेरिकाको वयस्क जनसङ्ख्याको ५६ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा लिएका छन् भने एक तिहाइ पूर्ण रूपमा सुरक्षित भएको भनिएको छ । तर […]