
काठमाडौँ । नेपालमा थप ८६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८६०५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ नेपालमा कोरोना संक्रमणबाट थप ५८ जनाको मृत्यु भएको छ ।