नेपाली मोडेलको समाजवाद स्थापनामा लामबद्ध हुनु अहिलेको आवश्यकता : प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने बताएका छन् ।

विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा बुधबार शुभकामना विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोजः रामकुमारी झाँक्री

२०७८ बैशाख २२, बुधबार १३:२३
Spread the loveकाठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै दम्भ र अहंकार छाड्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत नेतृ झाँक्रीले सत्यानास हुनबाट र डुब्नबाट जोगिनु छ भने किनाराको खोजी गर्न आग्रह गरेकी हुन् । उनले लेखेकी छन्, ‘हामी त डुब्छौ नै । […]

समाचार छुट्याे की?