महावीर पुन ।
कोरोनाको दोस्रो लहरमा केही दिनसम्म राष्ट्रिय आविष्कार केन्द्रमार्फत अक्सिजनका खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझें सम्म अक्सिजनको चरम अभावलाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु । सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धि नभएकोले सोचेको उपाय हो यो। मैले सुझाएको उपाय संग तपाईं सहमत नहुन पनि सक्नु हुन्छ। छलफल गरौँ र राम्रो उपाय निकालौं।

पहिलो कुरा त कोरोना महामारीको अहिलेकोअबस्था भनेको संकटकालीन अवस्था हो। कुनै कल्पना नै नगरिएको संकट आइहाल्यो भने त्यसलाई पार लगाउनको लागी मौजुदा र प्रचलित चलन, नियम कानुन र प्रशानिक तरिकाले काम गरेर समस्या सामाधान हुँदै हुँदैन। नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यहि नै हो। प्रधानमन्त्री सहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागी मुख्य सचिव र मन्त्रालयका सचिबहरुलाई कडा निर्देशन दिनु हुन्छ। अनि सचिबहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागी मौजुदा ऐन, नियम कानुन, प्रक्रिया र अभ्यास को आधारमा कदम चाल्छन। यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ।
आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन। त्यसलाई समाधान गर्ने छुट्टै ऐन, नियम कानुन, प्रक्रिया हुनु पर्छ जुन प्रक्रिया नेपालमा छंदै छैन। मैले यसो भन्दा दुख नमान्नु होला होला।
उसो भए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?
१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभाबलाई समाधान गर्नको लागी सर्वप्रथम राष्ट्रपतिले अध्यादेशद्वारा “कोरोना महामारी रोकथामको लागी आपतकालीन कानुन र प्रक्रिया“ भन्ने अध्यादेश ल्याउने ।

२. सोही कानुनमा टेकेर सरकारले भ्रस्टाचार नगर्ने स्वच्छ व्यक्तिहरुको टीम बनाएर काम सुरु गरि हाल्ने।
३. अध्यादेश ल्याउन एक दिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन १ हप्ता लाग्ला।
४. अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ वटा जहाजहरुमा तिन हप्ता भित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीनबाट अथवा अन्य मुलुक बाट ल्याउने।
५. ति खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाब कम गर्ने।
लौ त, म मुर्ख मान्छेले जानेको कुरा यही हो। म सरकार भएको भए कुनै पनि हालतमा यही काम गर्ने थिएँ । अब गर्ने काम सरकारको हो ।