काठमाडौं । संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा राष्ट्रपतिबाट अध्यादेश जारी गरिएको भन्दै सर्वत्र विरोध भएको छ । विपक्षी कांग्रेस र नेकपा माओवादी केन्द्रले अध्यादेश जारी गरेकोमा आपत्ति जनाइसकेका छन् । तर सत्तारुढ दल नेकपा एमाले भित्रै पनि त्यसको विरोध भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पनि संसद अधिवेशन बोलाउने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले अध्यादेश जारी संविधानको मर्म र लोकतन्त्रको उपहास भएको बताएका छन् ।
उनले सामाजिक संजालमार्फत लेखेका छन्, ‘संसदको अधिवेशन अनिवार्य रूपमा आव्हान गर्नुपर्ने बेलामा अध्यादेश जारी ! संविधानको मर्म र लोकतन्त्रको उपहास !’

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सात वटा अध्यादेश जारी गरेकी थिइन् ।
