
काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
प्रेमध्वजका ’घुम्तीमा नआउ है’, ’पर लैजाउ फुलहरु’, ’नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।