थापा र देवकोटाद्वारा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता

Spread the love

वाग्मती । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा र नेकपा एमालेकातर्फबाट गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

बिहीबार हेटौंडास्थित वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटा र थापाले मनोनयन दर्ता गराएका हुन् । आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

भट्टराईको मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै आयोगको कार्यालय पुगेको थियो । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ ।

नेकपा एमालेले भने आजै गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकको निर्णयपछि थापा हेलिकप्टरबाट उम्मेदवारी मनोनयनका लागि हेटौंडा आएका थिए । थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

गृहमन्त्री थापाले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रवासी नेपाली एकता मञ्च युरोपले ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाउने

२०७८ बैशाख २४, शुक्रबार १३:०८
Spread the loveसुरज भण्डारी, टेक्सास । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न ५० लाख रुपैयाँको ‘कोभिड–१९ च्यालेन्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर […]

समाचार छुट्याे की?