
काठमाडौं । कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।
प्रधानमन्त्री ओलीलगायत स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ मा प्रनिधिसभाको बैठक बोलाइएको छ । संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको बुधबार र बिहीबार स्वाब संकलन गरिसकिएको छ ।