थप ८२८७ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ८२८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८५८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३७० जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २९८७६५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३२ पुगेको छ । क्वारेन्टाइनमा ३९८ जना छन् भने आइसोलेसनमा ८३४९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२८ सांसदलाई कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख २५, शनिबार १७:३७
Spread the loveकाठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । […]