
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । एक मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे भने पूर्वजानकारी दिइएको छैन ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे आज बैठक बोलाइएकाले ओलीले कुनै निर्णय गर्न लागेका हुन् कि भन्ने आशंका गरिएको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।