मौका पाए फेरि संसद विघटन गर्ने सोच प्रधानमन्त्रीमा छः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘विश्वासको मत माग्ने नैतिक अधिकार छ र तपार्ई आफैंले विघटन गरेको संसदका सदस्य सँग ? यी सदस्यसँग के आधारमा भोट माग्ने ?’ उनले अहिले पनि ओलीमा मौका पाए फेरि संसद विघटन गर्ने सोच रहेको बताए ।

उनले विश्वासको मत पाउँदिन भन्ने प्रधानमन्त्रीलाई थाहा भएपनि फेल भए अर्को धारामा जान्छु भनेर विश्वासको मत लिने सोच आएको हुनसक्ने बताए । उनले भने, ‘इमान्दारिताका साथ विश्वासको मत लिन चाहेको भए अदालतले दुई दल फुटाएको ३० दिनभित्र जानुपथ्र्यो । संविधानको धारा ७६ (२) को सरकार भइसकेपछि त्यो सरकारलाई समर्थन थिएन । त्यो सरकारलाई माओवादीले समर्थन दिएको थिएन । त्यो बेला के भन्नुभयो भने समर्थन फिर्ता किन नलिएको भनेर प्रश्न गर्नुभयो । समर्थन फिर्ता लिएपछि विघटन गर्ने प्रधानमन्त्रीको सोच थियो र हामीले रोकेका हौं । तर अहिले एकाएक किन विश्वासको मत लिन लाग्नु भयो ? यसमा कुनियत पक्कै छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अप्राकृति हो । नियमित अधिवेशन बस्नै पर्ने थियो । पूर्वबजेट छलफलका लागि बोलाएर त्यही बैठकमा लिएको भए हुन्थ्यो नि । लोकतान्त्रिक पद्धतिलाई छलेर केही गर्न लागेको हो कि भन्ने आशंका पैदा भएको छ ।तपाइँले अपनाएको प्रक्रिया लोकतान्त्रिक छ ? सदनलाई गलत ढंगले जसरी विघटन गर्नुभएको थियो त्यसैले कतै त्यसलाई प्रयोग गरेको त होइन ?’

उनले प्रधानमन्त्री ओलीका कारण कोभिडको दोस्रो लहर फैलिएको आरोप लगाए । उनले भने, ‘रथयात्रा गरेर कोभिड फैलाउने तपाइँ हो । रथयात्रा पछि गरेको भएपनि हुन्थ्यो । आत्मानुशासन आफैंले मान्नुपर्ने होइन र ? कोभिडको लहर सुरु भएप्छि कति गर्नुभयो कार्यक्रम ? न बजेट न कर्यान्वयन यही हो ?’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ७६(२)को सरकार गठन अवसर यही सदनमा रहेको बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको ध्यान कोभिडमा जानुपर्ने, अयोध्यातिर जाँदा स्थिति भयावहः उपेन्द्र यादव

२०७८ बैशाख २७, सोमबार १५:४१
Spread the loveकाठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको आरोप लगाएका हुन् । उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई निस्तेज पार्ने ओलीलाई विश्वासको […]