काठमाडौं । चीनले कोभिडविरुद्धको लडाईंका लागि नेपाललाई थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बेइजिङमा सोमबर चिनियाँ अधिकारीहरुले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग हस्तान्तरण गरेको नेपाली दूतावासले जनाएको छ ।
चीनले हस्तान्तरण गरेको सहयोग सामग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगिसकेको छ । कोभिड–१९ विरुद्धको लडाईंमा रहेको नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्दैछ।
पहिलो चरणमा निगमको विमानले सोमबार दिउँसो २ः३५ बजे नेपाल आइपुग्ने तालिका रहेको निगमले जनाएको छ । पहिलो चरणमा सोमबार चार सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल आइपुग्ने छ। दक्षिण एसियाली मुलुकहरुका विदेशमन्त्री स्तरीय भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो।