अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा ७ जना पक्राउ

Spread the love

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा बल्खुस्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथलीस्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, सुनसरीका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीश प्रसाद रानासरिया छन् ।

बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधिको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।

कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

२०७८ बैशाख २८, मंगलवार १४:३३
Spread the loveविश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ । प्रारम्भिक अध्ययनहरूले बी.१.६१७ भेरिअन्ट अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको भन्दै डब्ल्यूएचओले यस विषयमा थप अध्ययन आवश्यक परेको बताएको छ । डब्ल्यूएचओको अनुसार सो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ । यूके, […]