काठमाडौं उपत्यकामा १५ दिन थपियो निषेधाज्ञा

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ । ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । वैशाख १६ गतेबाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा ७ जना पक्राउ

२०७८ बैशाख २८, मंगलवार १४:१५
Spread the loveकाठमाडौं । शरीरमा अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार पक्राउ पर्नेमा बल्खुस्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथलीस्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी, […]

समाचार छुट्याे की?