कालीमाटी तरकारी बजार बन्द

Spread the love

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

तरकारी बजार विकास समितिले मंगलबार सूचना जारी गरी आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ ।

जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन र्यार्क/होल्डिङ र्यार्कमा कारोबार गर्नु निर्देशन दिइसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खोप खरिदमा भ्रष्टाचार भयो भनेर अनर्गल प्रचार गरियो : स्वास्थ्यमन्त्री त्रिपाठी

२०७८ बैशाख २८, मंगलवार १४:५६
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको भन्दै अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म जीटुजीमार्फत जम्मा २० लाख डोज खोप खरिद गरिएकाले त्यसमा कमिशन खाने कुनै विषय नभएको बताएका हुन् […]

समाचार छुट्याे की?