कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

Spread the love

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ । प्रारम्भिक अध्ययनहरूले बी.१.६१७ भेरिअन्ट अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको भन्दै डब्ल्यूएचओले यस विषयमा थप अध्ययन आवश्यक परेको बताएको छ ।

डब्ल्यूएचओको अनुसार सो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ । यूके, दक्षिण अफ्रिका र ब्रजिलका भेरिअन्टहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गर्छ ।

भारतमा खतरनाक दोस्रो लहर फैलिनुको कारण यो प्रकार हो कि होइन भनेर अध्ययन भइरहेको छ । मङ्गलवार भारतमा तीन लाख २९ हजारभन्दा बढी सङ्क्रमण र ३,८७६ मृत्यु पुष्टि भएको छ।

विज्ञहरूले कोभिडको खास सङ्ख्या योभन्दा निकै धेरै हुनसक्ने दाबी गरेका छन् । राजधानी दिल्ली लगायतका धेरै स्थानहरूमा गम्भीर सङ्क्रमण बढिरहँदा अक्सिजनको अभाव भएका छन् ।

आन्ध्र प्रदेशका स्थानीय समाचारपत्रहरूले तिरुपतिको एक अस्पतालमा अक्सिजनको आपूर्तिमा ढिलाइ हुँदा सोमवार राति ११ जनाको मृत्यु भएको विवरण प्रकाशन गरेका छन् । भारतीय सरकारले नयाँ भेरिअन्ट र भारतको दोस्रो लहरबीच सम्बन्ध भएको बताए पनि सो सम्बन्ध स्पष्ट स्थापित गर्न सकिएको छैन । भारतका थुप्रै राज्यहरूले गत महिना लकडाउन या कर्फ्यु या निषेधाज्ञा जारी गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि राष्ट्रव्यापी लकडाउन लगाउन दबाव बढिरहेको छ। । मोदीमाथि हिन्दु मेला र चुनावमा ठूलो भिड जम्मा हुन नरोकेको आरोप पनि लागेका छन् ।

सोमबार दिल्लीका स्वास्थ्यमन्त्रीले अब तीन या चार दिनलाई पुग्ने खोप मात्रै बाँकी रहेको बताएका छन् । भारतको खोप कार्यक्रम अन्तर्गत अहिलेसम्म २.५ प्रतिशत जनसङ्ख्याले खोपको दुई मात्रा प्राप्त गरेका छन् । डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमबार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए पनि उसले अहिलेसम्म खोप प्रभावकारी नै हुने बताइरहेको छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीमाटी तरकारी बजार बन्द

२०७८ बैशाख २८, मंगलवार १४:४४
Spread the loveकाठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले मंगलबार सूचना जारी गरी आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय […]