चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्ने क्रममा

Spread the love

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताएका छन् ।

हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिएको उनले बताए । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले औंल्याए । चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ ।

विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्याँक ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ । निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा कोभिड संक्रमित घट्दै, २४ घण्टामा तीन लाख ३० हजारमा संक्रमण

२०७८ बैशाख २८, मंगलवार १३:२५
Spread the loveभारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार […]