प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्नु हो: बाबुराम भट्टराई

Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुले अब दली र गुटीय सोचभन्दामाथि उठ्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले नयाँ सरकार गठनमा जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन; मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकीर्ण दलीय÷गुटीय सोचभन्दामाथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’

त्यस्तै भट्टराईले वैकल्पिक सरकार बन्न नदिने, संसद विघटन गर्ने तथा प्रायोजित चुनावका निम्ति अनेक चलखेल हुनसक्ने भएकाले सजग हुनुपर्ने बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘सतर्क रहौं चलखेल नहोसःवैकल्पिक सरकार बन्न नदिने+संसद विघटन गर्ने+प्रायोजित चुनाव गर्ने!त्यसनिम्ति राष्ट्रपतिसंस्था दुरूपयोग गर्ने+राजपा फुटाउने!ख्याल रहोस्–मधेसी जनता/नेता भेडाबाख्रा हैनन् जसलाई हरियो घाँस देखाएर वली चढाउन सकियोस्,वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्!’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

२०७८ बैशाख २८, मंगलवार ११:००
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दी, कास्की, स्याङ्जा, तनहुँ र रुपन्देहीका गरी थप ११ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।