ओलीलाई रोक्न हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छः भीम रावल

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत रावलले त्यसका लागि आफूहरुले सांसद पदबाट राजीनामा गरि स्थिति निर्माण गर्नुपर्ने बताएका हुन् । उनले राजीनामा यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ फेरि नियुक्त

२०७८ बैशाख २९, बुधबार १८:०१
Spread the loveगण्डकी । गण्डकी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधबार नियुक्त गरेकी हुन् । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिएका थिए । […]

समाचार छुट्याे की?