काठमाडौं । नेपाल चिकित्सक संघले कोराना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई एकमात्र प्राथमिकता बनाउन अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक जोडघटाउ रोकेर जनताको जीवन रक्षालाई एकमात्र बनाउन अपील गरेको हो ।
नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न संघले अपील गरेको छ ।

