बागलुङमा विवाह भोजमा सहभागी एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

Spread the love

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रले अब प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुँदैनः नेता श्रेष्ठ

२०७८ बैशाख ३१, शुक्रबार ०९:५१
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेको केपी ओली पक्ष र माधव नेपाल पक्ष मिलेकोमा बधाई तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत श्रेष्ठले बधाई दिएका हुन् । उनले हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले अब प्रतिक्रियात्मक भएर […]