६६४८ जना कोरोना संक्रमणमुक्त, १४५ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ७३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १९५०० जनामा गरिएको पीसीआर परीक्षणमा थप ७३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसनमा ११०२६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ७०१ जना रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं महानगरभित्रका विद्यालयले जेठ २० गतेभित्र परीक्षा लिइसक्नुपर्ने

२०७८ जेष्ठ २, आईतवार १६:३९
Spread the loveकाठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरको शिक्षा विभागले महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन निर्देशन दिएको हो । अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ । […]