काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले मदन भण्डारीले प्रतिपादन गरेको जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन् ? भन्दै प्रश्न गरेकी छन् ।
सोमबार २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा झाँक्रीले यी र यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता भएको बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो–कम्यूनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज व्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण । बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता । जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन् ? यि यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो । आज जेठ ३, क. मदन र क. आश्रित प्रति हार्दिक श्रद्धासुमन !’