मास्क नलगाई घरबाहिर निस्कनेलाई जरिवाना गर्न र होल्डिङ सेन्टरमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

Spread the love

काठमाडौँ । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश दिएको हो ।

मास्क नलगाउनेलाई जरिवाना लिने र होल्डिङ सेन्टरमा राखेको देखिएको भन्दै सर्वोच्चले त्यस्तो काम संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल भएको औंल्याएको हो । सर्वोच्चले प्रहरीबाट ऐनको अनधिकृत रुपमा प्रयोग गरेको देखिएको भन्दै यस्ता क्रियाकलाप नगर्न आदेश दिएको हो ।

अधिवक्ता सागर पौडेल लगायतले मास्क र स्यानिटाईजरलाई निःशुल्क औषधीको सूचीमा राखेर समावेश गर्न माग गर्नुका साथै कतिपय विपन्न नागरिकहरुले मास्कको सहज पहुँचको अभावका कारण मास्क नलगाई हिँड्ने गरेकाले उनीहरुलाई जरिवाना र यातना दिन नहुने माग राखी निवेदन दर्ता गरेका थिए । उनीहरुले मास्क र स्यानिटाईजरलाई राष्ट्रिय निःशुल्क स्वास्थ्य कार्यक्रममा समावेश गरी सहज वितरण गर्न पनि माग गरेका थिए ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले बादललाई नसघाउने

२०७८ जेष्ठ ४, मंगलवार १९:१४
Spread the loveकाठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई सघाउन नसक्ने बताएका छन् । मंगलबार वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थापालाई निर्वाचनमा सघाउन नसक्ने बताएका हुन् । वरिष्ठ नेता नेपालको सचिवालयका अनुसार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई […]