अफगानिस्तानमा सेनासँग भएको भिडन्तमा १७ तालिबान लडाकूको मृत्यु

Spread the love

अफगानिस्तानका दुई प्रान्तमा गएराति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान लडाकू मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् ।

त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिकारीले जानकारी दिएका छन् । आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो ।

भिडन्तमा परेर अरु केही तालिबान लडाकूहरु घाइते भएका बताइएको छ । त्यस्तै अर्काे बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबान लडाकू मारिएका छन् ।

सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानविरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ ।

बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । त्यस क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राजिलमा कोरोना संक्रमणबाट ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु

२०७८ जेष्ठ ५, बुधबार १६:०५
Spread the loveब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको […]