
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन् । यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो ।
थापाले कोरोना संक्रमितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो भएकाले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरिएको बताएका छन् ।
उनका अनुसार आइसोलेसनमा रहेकाहरू अस्पताल आउजाउ गर्न, परीक्षणमा जान वा आइसोलेसन सेन्टर जान यातायात आवश्यक परे सहयोग गर्न सकिन्छ । काठमाडौं महानगरतर्फ ९८५१०९६३०३ र र बुढानिलकण्ठ नगरपालिकातर्फ ९८५१०६५२५६,९८५१०७२१२९ वा हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस गर्न थापाले अनुरोध गरेका छन् ।