थप ८२२७ जनामा कोरोना संक्रमण, ६५४३ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ८२२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८८६४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६६९४६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८४७ पुगेको छ । आइसोलेसनमा ११५८५२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ९३२ जना रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीले विश्वासको मत नलिने, ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय

२०७८ जेष्ठ ६, बिहीबार १८:००
Spread the loveकाठमाडौं । सरकारले जेठ ९ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ ९ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय […]