राष्ट्रपतिको कदम संविधान विपरितः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान विपरित रहेको बताएका छन् ।

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि शुक्रबार साँझसम्मको समय दिएपछि प्रतिक्रिया दिँदै प्रचण्डले  यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान विपरित छ। जब कि प्रधानमन्त्रीले संविधानतः ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बनाको कुरा हो !’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावमा देशलाई लैजाने भन्दैमा राष्ट्रपतिबाट पनि अचाक्ली त हुनुहुँदैन नि !

२०७८ जेष्ठ ६, बिहीबार २३:१८
Spread the love माधवकुमार बस्नेत । म कहिल्यै राजनीति गर्दिन, कुनै राजनीतिक दलसँग आवद्ध हुन्न र राज्यबाट प्राप्त हुने कुनै पद, पुरस्कार सुविधा आदि केही पनि लिन्न भनेर आफैँसँग प्रतिवद्ध भएर कानून व्यवसाय पेशा अंगालेको मानिस हुँ । दुःखका करिब ३ दशक यही प्रतिवद्धतामा कटाइसकेको छु । अब फेरि आफ्नो […]