
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाब्याधिका बेला राष्ट्रपति र प्रधानमन्त्रीको मध्यावधिको रंगीन सपना महंगो पर्ने बताएका छन् ।
शुक्रबार राति संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि सामाजिक संजालमार्फत शर्माले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´,
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021