मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठ: पाँच विद्यार्थी संगठन

Spread the love

काठमाडौं । पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभाको विघटन निरंकुश र अधिनायकवादी कदम भएको बताएका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आइतबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटनको विरोध जनाएका हुन् ।

विज्ञप्तिमा संसद् विघटनले संविधानमाथि प्रहार भएको र सरकार स्वेच्छाचारी बनेको उल्लेख गरिएको छ । संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको विघटनले वर्तमान सरकार असफल भएको प्रमाणित भएको विद्यार्थी संगठनहरूको ठहर छ ।

कोरोना महामारीको समयमा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठ भएको विज्ञप्तिमा जनाइएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा मौसम बिग्रिँदा एक सय किलोमटिर दौडमा सहभागी २१ धावकको मृत्यु

२०७८ जेष्ठ ९, आईतवार १२:४०
Spread the loveपश्चिम उत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएको थियो । एक सय किलोमिटर दूरी भएको दौडमा […]