
काठमाडौं । प्रतिनिधिसभा विघटन तथा मध्यावधि निर्वाचन घोषणाको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका एक नेता पक्राउ परेका छन् ।
आइतबार नयाँबानेश्वरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले मष्तिस्कमा गोबर भरिएका महामहिम जोडीलाई आज बानेश्वरमा गोबर उपहार दिने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको माग गरेका छन् ।