काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक भएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत रावलले सत्ता स्वार्थ र कुर्सी मोहका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कामचलाउ भएको अवस्थामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले यो राष्ट्रिय हितप्रति वेवास्ता गर्ने र सत्ता स्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रवृत्तिकै द्योतक भएको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।
यस्तो छ रावलको भनाई