चार हप्तापछि कोरोना संक्रमण नियन्त्रणमा आउन थाल्छः स्वास्थ्यमन्त्री

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना नियन्त्रणका लागि अझै चार हप्ता समय लाग्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले मानिसको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा अपेक्षा अनुसार कोरोना संक्रमण नियन्त्रणमा नआएको बताएका हुन् ।

उनले चार हप्तापछि भने संक्रमण नियन्त्रणमा आउने दाबी गरे । पछिल्लो एक सातामा दैनिक ८ हजार ३ सय मानिसमा कोरोना संक्रमण देखिएको मन्त्री त्रिपाठीले जानकारी दिए । उनले खोप खरिदका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिए ।

उनले युरोपियन युनियनको स्टोरमा रहेको खोपका लागि पहल भइरहेको र त्यसका लागि आजै नर्वेका राजदूतसँग पनि कुरा भएको जानकारी दिए । त्यसका लागि भएको कुराकानी सकारात्मक रहेको उनको भनाई थियो ।

त्यस्तै उनले खोपका लागि भारत, चीन, अमेरिका, रुसलगायतका देशसँग उच्चस्तरीय पहल भइरहेको बताए । उनले उपचार र परीक्षणका लागि सरकार जनताको साथमा रहेको भन्दै कोभिड रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपील गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडविरुद्धको खोपका लागि माओवादी केन्द्रले कुटनीतिक पहल सुरु गर्ने

२०७८ जेष्ठ १०, सोमबार १६:०३
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड महामारी नियन्त्रणका लागि सर्वदलीय र सर्वपक्षीय सहभागिताको संयन्त्रको स्थापना गर्न माग गरेको छ । कोरोना नियन्त्रणको लागि पार्टीको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा सर्वदलीय संयन्त्र गठनको माग गरिएको छ । त्यस्तै माओवादीले सीसीएमसीले आफ्नो दायित्व पुरा गर्न […]