थप ७२२० जनामा कोरोना संक्रमण, ७१३५ जना संक्रमणमुक्त

Spread the love

काठमाडौँ । नेपालमा थप ७२२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८४६ जनामा पीसीआर परीक्षण गर्दा ७२२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५३१ पुगेको छ । आइसोलेसनमा १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा ९२४ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तासंकट टार्न नागरिकता अध्यादेश ल्याइयोः महासचिव विप्लव

२०७८ जेष्ठ १०, सोमबार १६:४६
Spread the loveकाठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी महासचिव विप्लवले ओली सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि नागरिकता अध्यादेश ल्याएको आरोप […]