नेपाललाई फिजीको नियतिमा पुर्याउन नागरिकता अध्यादेश जारी गरियोः भीमार्जुन आचार्य

Spread the love

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकतासम्बन्धी अध्यादेश मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको भन्दै यसलाई विफल पार्नुपर्ने बताएका हुन् ।  एउटा नेता भन्दा देश ठूलो भएको भन्दै उनले यसतर्फ सबै होसियार हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यौं । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे । जसको बिरोध पहिले उनी आफैंले गरेका थिए । भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान् । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो । एउटा नेता भन्दा देश ठूलो हो । होसियार हौं । त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रिमियर लिगमा सिटीको शानदार जित

२०७८ जेष्ठ १०, सोमबार ०८:५७
Spread the loveइङ्ग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एभर्टनमाथि ५–० गोलको फराकिलो जित निकाल्दै सिजनको अन्त्य गरेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा सिटीले फराकिलो जित निकाल्दै सिजनको अन्त्य गरेको हो । उसको जितमा सर्जियो अगुएरोले दुई गोल तथा केभिन डी ब्रुयेन, ग्राबियल जेसस र फिल फोडेनले एक एक […]

समाचार छुट्याे की?