ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

Spread the love

सानोफी र ग्लाक्सोस्मिथक्लाइनले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ ।

कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । साथै कोभिड–१९ का नयाँ स्वरुप (भेरिएन्ट) मा यस खोपले काम गर्न सक्छ वा सक्दैन भन्ने पनि अध्ययन गरिने छ ।

खोप परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीले लिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

२०७८ जेष्ठ १३, बिहीबार १६:१५
Spread the loveदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् । दक्षिण अफ्रिकाको […]